शुक्रबार ०२ फागुन, २०८१

एकैदिन २७ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २७ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ३० माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला  दुई हजार सय रुपैयाँले घटेको हो । 

मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।