पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
![पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak-humla-Rajan-1-768x432_OYFIwsvvaa_jl3xbv2zxnei4m0un3nye9hzodcjg1dis7hybtf1sgm3x9vcfj8i0zoylp7s_nb49XJMhHz_bwbuvhkeyxujdpexp6jo2b4ggum5gscdwat9j3owwk2hmz9fbvhgch8jyfkx.jpg)
सिमकोट (हुम्ला), ३० माघ । सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ ।
सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन । सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन् ।
यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको टेलिफोनमा बताए । रासस