नेपाल उच्च शिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
![नेपाल उच्च शिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह](https://snowberry.prixacdn.net/media/gallery_folder/20250212110028_rrs8ZSzMGh_tabgz98o4i1sqf94jx2k0yxdyztc4ovlzwiuybllgs3qefjsw4n2rtvozxhh_wvj7boU6ey_gaam9vl5sml6yprj9mkcypvwzz8glfvnouy9bidvpcditzyq8cqg5kdgtltf.jpg)
पाटन (ललितपुर), ३० माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइद्वारा आज यहाँ आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा उनले मुलुकका शैक्षिक प्रतिष्ठानबाट गुणस्तरीय सेवा प्रवाह भएकाले स्वदेशमा नै उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताए ।
“हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईँहरूले अधिकतम उपयोग गर्नुपर्छ”, उनले भने ।
विसं २०७२ को भूकम्पबाट क्षति भएको पुस्तकालय नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइका विद्यार्थीले खाजा खर्च जोगाएर पुनर्निर्माण गरेका छन् । उक्त पुस्तकालय आजै क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ । रासस