धनगढीमा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ
![धनगढीमा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Dhangadi_1d6PMBcx7J_mqhes5a7khicstmg3e49idriroocrdfbav8n0wd2qp8vpvmifjufjfqtldcl_Inu9AGZ7aP_fll4wtnuqszge6abwzbzotvsglg8gggwnziooqbrmytqalg3q1gaoheqmyda.gif)
कैलाली, ३० माघ । धनगढीको ट्राफिक चौराहमा गएरति डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा आक्रमणको प्रयास गरेको हो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ ।
प्रहरी स्रोतका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छ ।