बुधबार ३० माघ, २०८१

वर्ल्डलिंकको आयोजनामा ‘सुरक्षित इन्टरनेट दिवस’ मा सचेतनामूलक कार्यक्रम

वर्ल्डलिंकको आयोजनामा ‘सुरक्षित इन्टरनेट दिवस’ मा सचेतनामूलक कार्यक्रम

काठमाडौँ, ३० माघ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको आयोजनामा मंगलबार सुरक्षित इन्टरनेट दिवस, हरेक वर्ष फेब्रुअरी महिनाको दोश्रो मंगलबार विश्वभर सचेतनामूलक विविध कार्यक्रमका साथ मनाउने  गरिन्छ ।

यसपालि "टुगेदर फर अ बेटेर इन्टरनेट" मूलनाराका साथ विश्वव्यापी यो दिवस मनाइएको छ ।

जसरी इन्टरनेटको सदुपयोगले सबैतिर सहज तुल्याएको छ त्यसरी नै यसको दुरुपयोगले जीवनलाई नै जोखिममा पुयाइरहेका थुप्रै-थुप्रै घटना छन् । त्यसो नहोस् भन्नका लागि सावधानीस्वरुप विशेष गरी बालबालिका र युवामा डिजिटल प्रविधिको सुरक्षित र सकारात्मक प्रयोगलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने हेतुले यो दिवस मनाइएको हो । 

विश्वका १ सय ७० भन्दा बढी देशमा सेफर इन्टरनेट डे विविध कार्यक्रमसहित मनाइरहँदा नेपालमा पनि नेपाल सरकार सूचना प्रविधि विभागसँगको सहकार्य तथा नेपालको नेतृत्वदायी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको आयोजनामा सेफर इन्टरनेट डे मनाइएको छ । जसअन्तर्गत डिजिटल साक्षरता, समावेशिता र सुरक्षित इन्टरनेट प्रयोगको सेरोफेरोमा दुई वटा सत्रमा छलफल तथा अन्तर्क्रिया भएको छ । 

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सुरक्षित इन्टरनेटका लागि कानूनी तथा नीतिगत व्यवस्थामा सरकार लागिपरेको बताएका छन्  ।  ‘सफर इन्टरनेट डे’ का अवसरमा वर्ल्डलिंकले काठमाडौंमा आज गरेको एक दिवसीय अन्तर्क्रियात्मक कार्यक्रम उद्घाटन सत्रमा विभागका महानिर्देशक पौड्यालले यस्तो बताएका हुन् ।

उनले भने 'सूचनाप्रविधिलाई अघि बढाउने सोंच भएपनि इन्टिग्रेटेड एप्रोचमा लैजान सकिएको छैन । सुरक्षित इन्टरनेटका लागि सचेतना बढाउनु आवश्यक छ । नैतिक शिक्षा र समुदायमा सचेतनाका साथै प्राइभेट प्रोटेक्शनका लागि ऐन बनाउने तयारी भएको छ ।' अनुपा भण्डारी जलान, लिडिङ सिएसआर डिपार्टमेन्ट अफ वर्ल्डलिंकले भने, 'बालबालिका र युवा साइवर अपराधको जोखिममा छन् । वर्ल्डलिंक इन्टरनेट एकेडेमीले इन्टरनेट सेफ्टिबारे पछिल्लो तीन वर्षमा १ सय ३३ विद्यालयका १० हजार विद्यार्थीलाई सुसुचित गराएको छ । साइबर बुलिङ, ह्ययाकिङ आदिबाट जोगाउने मुख्य उद्देश्य हो ।'

त्यस्तै वर्ल्डलिंकका सिइओ केशव नेपालले 'आइएसपीहरुले सूचप्रविधिको राजमार्ग बनाइरहेको र त्यहाँ चल्ने साधनमाथि निगरानी तथा नियमन राज्यको हुनुपर्नेु बताए । सुरक्षित इन्टरनेटका लागि हरकिसिमको सहकार्य गर्न वर्ल्डलिंक तयार रहेको उनको भनाई थियो । यसपछि भएका दुई वटा सत्रमा स्रोतव्यक्ति र सहभागीहरुले सक्रिय सहभागिता जनाएका थिए । 

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको समूह लोकसले इन्टरनेट सुरक्षा तथा सचेतनाबारे अभियानमा वर्ल्डलिंकसँग सहकार्य गरेको छ । बालबालिका तथा किशोरकिशोरी मात्र नभएर अभिभावकमासमेत सचेतना आवश्यक रहेको जनाइएको छ । साइबर अपराधबाट जोगिन सतर्क रहने र परिहालेमा साइबर ब्यूरोमा उजुरी गरे कानूनी कारवाही हुने साइबर ब्यूरोका डिएसपी जनार्दन घिमिरेले जानकारी दिएका छन् । 

विद्यालय पाठ्यक्रममै इन्टरनेट सुरक्षालाई समेट्नुपर्ने र साइबर अपराधीमाथि कडा कारवाही हुने कानूनी व्यवस्था गर्नुपर्ने सरोकारवालाको तर्क थियो ।