तोलामा २३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
![तोलामा २३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver1649223258_U23AMWHdXC_dyiisbdruxcwit9ddrq6aquukqr13zigrrmva0t4vvgxdftdyqow59j7r4jm_19sVv9feM7_6vthlv99fjjeg60qqjcwaekgnxhjsrus9xwjjfcf9rq6pjcyujik0pdt9yng.jpg)
काठमाडौँ, १ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो ।
बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।