आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
![आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/960-uy_8ZHYzmwgFu_wxmfi30z4wi7lfubludfr1koj0ct6t719fn6pdeahkmsfjw8wcjxd9ks4uyz_dGv7IFyehz_fbtjccagfz4pihajn3bxpecpwgimkwwqxjzcelrixnysowxin4vcmyg8trhn.jpg)
काठमाडौं, १ फागुन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले २१.०५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।