बिहीबार ०१ फागुन, २०८१

सुनसहित काठमाडौंको नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ

सुनसहित काठमाडौंको नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौं, १ फागुन । प्रहरीले अवैध सुनसहित दुई भारतीय नागरिकलाई नागढुंगाबाट नियन्त्रणमा लिएको छ ।

भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला परेका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको बताए ।

प्रहरी स्रोतका अनुसार, बा.प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको हो ।