बबरमहलमा यसरी भइरहेको छ खानेपानी पाइप मर्मतको कार्य (फोटो फिचर)
![बबरमहलमा यसरी भइरहेको छ खानेपानी पाइप मर्मतको कार्य (फोटो फिचर)](https://snowberry.prixacdn.net/media/gallery_folder/Melamchi-Pipe-marmat-7_vseBuPukdI_2b0dkyhjjnlzaebmpiu40sys3et5k1xfwjmztrczmm9jdvmmtlrxe8udw2qe_7CA1Qj4aAu_4tw2nbfplnmtczrcwu6o7hbp2tuxpaybzgipuansotthjaxyrqzvtcukabvp.jpg)
काठमाडौं, १ फागुन । बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम भइरहेको छ।
बुधबार दिउँसो विद्युत प्राधिकरणले तार भूमीगत गर्ने काम अघि बढाइरहँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो।
बुधबार दिउँसो नै खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरेर मर्मत गर्न निर्देशन दिएपछि गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको हो।
नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्नका लागि ठाडो रुपमा खन्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो।
प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवको भनाइ छ।