एनसेलले सुरु गर्यो भोवाइफाइ, आइफोनबाट सेवाको सुरुवात
![एनसेलले सुरु गर्यो भोवाइफाइ, आइफोनबाट सेवाको सुरुवात](https://snowberry.prixacdn.net/media/gallery_folder/ncell-vowifi-pr_sMv2ZeygYB_cw8xrnpmtvncjp7j4xesgkggp3pt5obzg41wjxj8viixhtbgjslzqtxwwtj3_oG99np6bXt_yo6tzlbzlceubbsou5lvhxeixbhbq66fru2ucmeadwgs47y78lc1uu16lfac.jpg)
काठमाडौं, १ फागुन । आफ्ना ग्राहकहरूलाई वाइफाइ इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवाको सुरूवात गरेको छ।
नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयासस्वरूप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको हो।
यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाइफाइ इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ। वाइफाइ कलिङ्का नामले पनि चिनिने भोवाइफाइ सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला बिल्डिङका बेसमेन्टहरु र दुर्गम स्थानहरुमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ। प्रारम्भिक चरणमा हाललाई, एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध छ।
यसको विशेषता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन। ग्राहकहरुले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन्।
भ्वाइस ओभर लङ् टर्म इभोलुसन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाइफाइका लागि भरपर्दो वाइफाइ कनेक्सनको आवश्यकता पर्दछ। कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरुबाट कुराकानी गर्दा गर्दै मोवाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाइफाइबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विषेशता हो। यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरुका लागि धेरै फाइदा पुर्याउँछ।
भोवाइफाइ सेवाका साथ ग्राहकहरुलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरुमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाइफाइ संचालनमा ल्याइएको एनसेलले जनाएको छ। चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ। यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाइफाइ दुवै सेवा उपयोग गर्न सहज बनाउँछ।
भोवाइफाइ सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरि एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ। त्यसपश्चात् ग्राहकले कुनै पनि भरपर्दो वाइफाइमार्फत भोवाइफाइ सेवाको फाइदा लिन सक्छन्।
सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाइफाइ वा वाइफाइ कलिङ् दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात् स्विच अन गरेको हुनुपदर्छ। त्यसका लागि सेटिङमा गएर, मोवाइल नेटवर्क भित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाइफाइ, वाइफाइ कलिङ वा सोहीअनुसार छानेर सक्रिय गर्नु पर्दछ। यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाइफाइ वा वाइफाइ कलिङ देखेमा सो मोबाइलमा भोवाइफाइ सेवा चल्ने बुझिन्छ। सेटिङ्मा भोवाइफाइ, वाइफाइ कलिङ् सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ।