विद्यार्थीलाई तातो पन्युले डामेर यातना
![विद्यार्थीलाई तातो पन्युले डामेर यातना](https://snowberry.prixacdn.net/media/gallery_folder/477327600_122143594874445061_4874383418651675150_n_7xOEDE2kew_7oq5cbag7dj8npgkir2qo6zektlg6o6ntdo9j2ejzpkfwroyone2cfxcmk0y_a1DSTKehTE_moo0v4nxzl1fpngcjkul9vbvbghepb1rusognharoktjt13mropprr09qbaf.jpg)
पोखरा, १ फागुन । तनहुँको भीमाद नगरपालिकामा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएको घटना बाहिरिएको छ।
विद्यालयका संस्थापक प्रिन्सिपलकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै ४ जना करिब १० वर्षे विद्यार्थीको गालामा तातो पन्युले डामेकी हुन्।
विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरिरहेका छन्।