बिहीबार ०१ फागुन, २०८१

पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने

पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने

काठमाडौँ, १ फागुन । ललिता निवासको जग्गासँग सम्बन्धित विषयमा निर्णय गर्ने पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याएर अनुसन्धान हुनुपर्ने माग सहित दायर रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश हुने भएको छ ।

न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले बिहीबार तीनवटा निवेदनहरूलाई पूर्ण इजलासमा पठाउन आदेश गरेका अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

कानुनी व्यवस्थाअनुसार, दुई आधारमा संयुक्त इजलासमा विचाराधीन मुद्दा सुनुवाइका लागि तीन सदस्यीय पूर्ण इजलासमा पेश हुन्छ ।