सोमबार १२ फागुन, २०८१

लगनखेलमा एक व्यक्ति मृत फेला

लगनखेलमा एक व्यक्ति मृत फेला

काठमाडौं, ६ फागुन । ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक पुरुष व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर छन् ।

उनी लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए ।

मानन्धर उक्त घरको पाँचौ तलामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।