आइतबार ११ फागुन, २०८१

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिकप्रतिवेदन आर्थिक वर्ष २०७९/८०’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो विधेयक आजै निर्णयार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जनाएको छ ।