शुक्रबार ०९ फागुन, २०८१

संसद्‌मा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो : सुदन किराती

संसद्‌मा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो : सुदन किराती

काठमाडौँ, ६ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले संसद्‌मा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाडेको गुनासो गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डा संसद् बन्दै गइरहेको आरोप लगाए।

केही दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुप चित्र देखेर संसार हाँसेको भन्दै उनले आज मुलुकलाई अहंकार होइन, धैर्यता, संयमता र उच्च नौतिकताको आवश्यकता रहेको बताए।

उनले भने, ‘ दुखका साथ भन्नुपर्छ हाम्रो संसद्‌मा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो । बरु मिडिया खपतका लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डा संसद् बन्दै गइरहेको छ । केही दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हास्यो । आज मुलुकलाई अहंकार होइन, धैर्यता संयमता र उच्च नौतिकताको आवश्यकता छ । ’

त्यस्तै, उनले हिजो सोमबारको प्रतिनिधिसभाको बैठकमा मृतक प्रकृति लम्सालका बारेमा बोल्न प्रतिबन्ध लगाइएको भन्दै उनले आज बोल्न मिल्ने हिजो नमिल्ने रु नियमावलीले छेक्यो कि नियतले ? भन्दै प्रश्न गरे ।