शुक्रबार ०९ फागुन, २०८१

केयरगिभरका लागि १३ नेपाली इजरायल उडे

केयरगिभरका लागि १३ नेपाली इजरायल उडे

काठमाडौं, ६ फागुन । केयरगिभरका लागि १३ जना नेपाली इजरायल उडेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना मंलबार इजरायल उडेका हुन् । 

गएको असोजमा केयर गिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्रमार्फत छनोट भएका थिए। जसमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागले जनाएको छ । 

विभागका अनुसार हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ भने हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजरायल पुगिसकेको छन् ।