नयाँ बानेश्वरमा चन्दा उठाएको आरोपमा एक जना पक्राउ
_WnJ0BKFzBu_nxz6cv4asfz0eunln4flwn24aok4mvohrzobgbavp9tmrdt8eulcbyspoxpd_XTruGwVvBx_5zf3hexnfbefhxzt7xwbnmjdgkxc07brtpksxlozydqbtghmxwoexuljxsct.jpg)
काठमाडौं, ७ फागुन । चन्दा उठाएको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका–८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन् ।
उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो ।नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी अभिलेख अनुसार राई यसअघि प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भएको देखिएको छ ।
उनको साथबाट नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) लेखेको पर्चा पम्प्लेटहरु, सोही पार्टीको लेटरप्याडमा आर्थिक भौतिक/नैतिक सहयोग गर्नेबारे भन्ने व्यहोराको पत्रहरु, स्पष्टीकरण सोधिएको भन्ने व्यहोराको पत्र बरामद भएको छ ।यसका साथै खाली लेटरप्याडहरु, न्याय पाउ भन्ने व्यहोराको कविता नेपाली र प्रविण नेपालीको नामको निवेदनहरू, प्रेस विज्ञप्ति, स्टाम्प (छाप), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (बिद्रोही) लेखको सहयोग रसिद (ठेली) दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।