कालीमाटीमा एक व्यक्ति मृत अवस्थामा फेला, हत्याको आशंकामा प्रहरीले थाल्यो अनुसन्धान
_Kz1uvBgj6L_xyegdgcrqyxztazhuhlhlcytni0grcviic8iy0c83qyg2kvrc2epcbsrby35_gqlGIpRb0T_2udilno1fwyi7fzoveum50oeijzrnrsdxqv3zpk9g8ltu0gbjots1q4lbkvz.jpg)
काठमाडौं, ७ फागुन । कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् ।
मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले बताए । ‘संकास्पद अवस्थामा शव फेला परेको छ । हामीले सोधपुछ गर्दैछौं’ एसएसपी अधिकारीले भने ।
मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।