विद्यार्थी नेपाल फर्किन थालेपछि खर्च व्यहोर्ने भन्दै अभिभावकलाई इमेल लेख्दै केआईआईटी

काठमाडौं, फागुन ७ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् ।
पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।
विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च व्यहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ ।
दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए ।
सोमबार र मंगलबारको घटनापछि कलेजमा रहेका १ हजार २ सय विद्यार्थीमध्ये ६० जना मात्र ओडिसामा बाँकी रहेका थिए । तीमध्ये थप ११२ जना होस्टलमा फर्किइसकेका छन् ।
युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।