जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना, १ जनाको मृत्यु
_ctzVFnqDtO_263emxdb8xwwrtw7e4z67gy4kzfu4jh13r1fxinsihxmj5plbbvgerfpgz0g_0eDzFQPg7t_8bprlpvqndnndenvwhmyvkwgtsp6ue81nmmtzc4rbehk7gifoj8ewperxkqk.jpg)
काभ्रेपलान्चोक, ८ फागुन । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान भएको दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो।
गम्भीर घाइते भएका चालक ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा विवाहको जन्ती पुर्याएर धादिङबाट फर्किने क्रममा ना ४ ख ८८१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।