नेता सापकोटाको निधनपछि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको आज (बिहीबार) बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको हो ।
पार्टीका उपमहासचिव रामकुमार भट्टराईका अनुसार बैठक भोलि (शुक्रबार) बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा बस्ने छ । नेकपा एसले सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको पनि बताए ।
सापकोटाको गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने बताइएको छ ।
