शनिबार १० फागुन, २०८१

संघीय संसदबाट अध्यायदेश पारित हुन्छ : सचिव भट्टराई

संघीय संसदबाट अध्यायदेश पारित हुन्छ : सचिव भट्टराई

कर्णाली, फागुन ८ । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उहाँले अध्यादेश पारित गर्न संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गर्नुभयो ।

सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरुको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छौं र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्न ।’ यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ति सरकारले ल्याएको जनाउँदै उहाँले यो विधेयक नियन्त्रणमुखी नभइ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।’ कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उहाँले बताउनुभयो ।