एनसेलको ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर सार्वजनिक, ग्राहकलाई सहज इन्टरनेट सुविधा

काठमाडौं, ९ फागुन । बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्न एनसेलले ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई नयाँ डेटा प्याक सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, यी अफरहरू ग्राहकहरूलाई निरन्तर अनलाइन रहन सहयोग पुर्याउने उद्देश्यले ल्याइएका हुन्।
‘९० अनलिमिटेड’ योजना अन्तर्गत ग्राहकले ९० रुपैयाँ (करसहित) मा दुई दिनसम्म अनलिमिटेड मोबाइल इन्टरनेटको फाइदा लिन सक्नेछन्। उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्ने लक्ष्यसहित ल्याइएको यो अफरले ग्राहकलाई सहज इन्टरनेट अनुभव दिलाउने कम्पनीले जनाएको छ। एनसेल एप वा १२३४१४# डायल गरेर ग्राहकहरूले यो प्याक एक्टिभेट गर्न सक्छन्।
त्यस्तै, ‘५० डेटा’ प्याकअन्तर्गत ग्राहकहरूले ५० रुपैयाँ (करसहित) मा १.१ जीबी डेटा प्राप्त गर्नेछन्, जसको वैधता तीन दिनसम्म हुनेछ। सुलभ मूल्यमा सीमित समयका लागि डेटा चाहिने ग्राहकहरूका लागि यो प्याक उपयुक्त हुने कम्पनीको भनाइ छ।
एनसेलका अनुसार यी नयाँ डेटा अफरहरू छोटो अवधिको इन्टरनेट आवश्यकतासँग मेल खाने गरी डिजाइन गरिएका छन्। इन्टरनेट ब्राउजिङ, अनलाइन स्ट्रिमिङ, डिजिटल कारोबार, तथा सामाजिक सञ्जालका लागि यी प्याकहरू प्रभावकारी हुने कम्पनीले जनाएको छ।