एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक बसिरहेको हो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुँदैछ ।
यसअघि बिहीबारका लागि डाकिएको बैठक शोकका कारण स्थगित भएको थियो । एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य विदुर सापकोटाको निधनका कारण बैठक आजका लागि सरेको थियो । बागमती प्रदेशका सहइन्चार्जसमेत रहेका सापकोटाको बिहीबार निधन भएको थियो ।