महाशिवरात्रिमा चन्द्रागिरि केबरकारको टिकटमा ५० प्रतिशत छुट

काठमाडौं, ९ फागुन । काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले महाशिवरात्रिको अवसरमा आयोजना गरिने महाआरती कार्यक्रमलाई लक्षित गर्दै केबलकार टिकटमा ५० प्रतिशत छुट सुविधा उपलब्ध गराउने भएको छ ।
महाआरतीका दिन साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा उक्त छुट प्राप्त हुने चन्द्रागिरि हिल्सले जानकारी दिएको छ ।
यस वर्षको महाशिवरात्रि १४ फागुनमा परेको छ ।
हिल्सका अनुसार महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ भने साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ ।