नेपाल पे टाइमको अनुमतिपत्र नवीकरण गर्न राष्ट्र बैंकले गर्यो अस्वीकार
_5D4RTGItIs_dys4q9zesrmokctxzo7lpapiyp57yozjt1ayimn7lvhtljikq168xdrgrzij_6ri81sHT79_rcqc9hscwvddvjaqfhxwxceip5y37xesr7wcmu9rorczz4yx7hazjjqisn1o.jpg)
काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा.लि.को अनुमतिपत्र नवीकरण गर्न अस्वीकार गरेको छ । नेपाल पे टाइमलाइ प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको राष्ट्र बैंकले जनाएको हो ।
नेपाल पे टाइमले २०७६ मा भुक्तानी सेवा प्रदायकको अनुमति पत्र पाएको थियो । तर, यस संस्थाले प्रदान गर्दै आएको सेवा अहिले बन्द रहेको छ । सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एक प्ले स्टोर र एम स्टोरमा नरहेको राष्ट्र बैंकले जनाएको छ ।
यस संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर रहेको राष्ट्र बैंकले जनाएको छ ।