यो साता सेयर बजार ६५ अंकले बढ्यो, यी हुन् मूल्य धेरै बढेका कम्पनी
_UZpqnn7tqp_wputc0wozhfaoxypak28xcgtqrcf80n3mqbcbdvaxelsxhmvamu5yagzq48c_BoVPmJah1j_vxpd2ztnehyrqwaijqlkgw7otwkcregbkqlozqvstezmzqv249wh7jujqpoq.jpg)
काठमाडौं, ९ फागुन । यो साता सेयर बजार नेप्से परिसूचक २.४२ प्रतिशत अर्थात् ६५ अंकले वृद्धि भएको छ । गत साता २६७८ मा रहेको बजार यो साता २७४३ अंकमा पुगेर रोकिएको हो ।
यो साता चार दिन मात्रै कारोबार भयो, चारै दिन बजार बढ्यो । पहिलो दिन आइतबार १९.५६, सोमबार २९.८७, मंगलबार १२.६८ र बिहीबार ३.१४ अंक बढ्यो ।
बजार बढ्दो क्रममा हुँदा कारोबार रकम पनि बढ्ने गरेको देखिन्छ । आइतबार ९ अर्ब ४७ करोड, सोमबार १० अर्ब ४ करोड, मंगलबार १० अर्ब ४३ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ६२ करोडको भयो ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा अग्रस्थानमा रह्यो । सो कम्पनीको १ अर्ब ५९ करोडको कारोबार भयो ।
त्यसपछि क्रमशः हिमालयन रि,सीईडीबी होल्डिङ्स, एनआरएन इन्फास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, रिलायन्स फाइनान्स, हिमालयन पावर पार्टनर, युनाइटेड इदी मर्दी, नारायणी डेभलपमेन्ट र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
त्यसैगरी, कारोबार संख्याका आधारमा भने धेरै कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो । त्यसपछि क्रमशः नेपाल रिइन्स्योरेन्स, रिलायन्स फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, निफ्रा, पिपुल्स हाइड्रोपावर, आईएमई लाइफ इन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, जानाकी फाइनान्स अग्रपंक्ति रहन सफल रहे ।