मंगलबार ०१ पुस, २०८२

त्रिविले सार्वजनिक गर्‍यो स्ववियु निर्वाचन तालिका, फागुन २७ गते मनोनयन दर्ता

त्रिविले सार्वजनिक गर्‍यो स्ववियु निर्वाचन तालिका, फागुन २७ गते मनोनयन दर्ता

काठमाडौं, ९ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आगामी ५ चैतमा हुने चुनावका लागि संघ/संगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ ।

२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ ।

सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ ।

सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ ।

दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ ।

यस्तो छ कार्यतालिका, हेर्नुहोस् :