आइतबार ११ फागुन, २०८१

तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौँ, ११ फागुन  । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ । 

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।