बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
काठमाडौं, ११ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।
गत साता आइतबार र मंगलबार दुई दिन निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले तरलता प्रशोचन गरेको थियो ।
गत मंगलबार ३० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा बैंकहरुले ११ अर्ब ४० करोडको लागि आवेदन दिएका थिए । उक्त उपकरणमा लगानी गर्न बैंकहरुले प्रस्ताव गरेको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो ।
