सोमबार १२ फागुन, २०८१

टेलिटक प्रालिद्वारा नयाँ एचएमडी क्रेस्ट फाइभ-जी स्मार्टफोन सार्वजनिक

टेलिटक प्रालिद्वारा नयाँ एचएमडी क्रेस्ट फाइभ-जी स्मार्टफोन सार्वजनिक

काठमाडौं, १२ फागुन । टेलिटक प्रालिले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । स्पस्ट डिटेल फोटो खिच्न सक्ने ५० मेगापिक्सेलको प्रभावशाली सेल्फी क्यामेरायुक्त एचएमडी क्रेस्ट फाइभ जी स्मार्टफोन फोटोग्राफीमा नयाँ मानक स्थापित गर्ने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताको अद्वितीय विशेषताहरुलाई प्रतिनिधित्व गर्ने, प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम बनाउने हेतुले अप्ठेरा सेल्फी क्षणहरुका लागि हातको इशाराले चलाउन मिल्ने ह्याण्ड्स फ्री सेल्फी तथा टोन कन्ट्रोल र ब्युटिफाईजस्ता फिचरसहित सेल्फी क्यामराको सफ्टवेयर अनुभवलाई विशेष किसिमले उन्नत बनाइएको छ ।

यसबाहेक आफैंले खिच्ने पोट्र्रेट फोटोलाई अति आकर्षक बनाउन यो स्मार्टफोनमा स्लो मोशन मोड तथा एआई सुपर पोट्र्रेट मोड समावेश गरिएको छ । एक्शन शटहरुका लागि यसमा भएको फ्ल्याश शटले चलायमान वस्तुहरुको फोटो सहजरुपमा लिन तथा ट्राइपड मोडले लामो एक्सपोजर आवश्यक पर्ने दृश्यहरुको मनमोहक फोटोग्राफीका लागि सघाउँछन् ।

एचएमडी क्रेस्टमा यो सेगमेन्टकै पहिलो ५० मेगापिक्सेलको सेल्फी क्यामेरा तथा पछाडिपट्टि ५० मेगापिक्सेलकै डुअल एआई क्यामरा राखिएको छ ।

त्यस्तै ६.६७ इन्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले , ८०० चार्जिङ साइकल तथा ३३ वाटको फास्ट चार्जिङ सुविधासहितको ५००० एमएएच ब्याट्री सुविधा छ फोनमा यो १२८ जीबीको स्टोरेज तथा ६जीबी फिक्स्ड र ६ जीबी भर्चुअल गरी १२ जीबी र्याम उपलब्ध छ । साथै युनिसोक टी ७६० फाइभजी नामको ६ एनएममा निर्मित अक्टाकोर प्रोसेसर समावेश छ । एचएमडी क्रेस्ट मिडनाइट ब्लू रंगमा १८ हजार ९९९ मूल्य रहेको कम्पनीले जनाएको छ ।