सोमबार १२ फागुन, २०८१

मौद्रिक नीति अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा केन्द्रीय बैंक

मौद्रिक नीति अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा केन्द्रीय बैंक

काठमाडौं, १२ फागुन । चालू आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक नीतिको दोस्रो समीक्षा यहि हप्ता गर्ने तयारी रहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकलले ढिलो गरि तयार गरेको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो ।

नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ ।

जसअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याइसक्नुपर्नेछ । यता, नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले उक्त व्यवस्थाकै अधिनमा रहेर यसै साताभित्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुने बताउँछन् ।

चालू आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक नीतिमा केहि संशोधन समेत हुँदैछ । साउनमा आएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसकिरहेको तथा बैंक तथा वित्तिय संस्थाहरुको समेत लगानी कमजोर बनिरहेको छ । यसलाई संशोधन गर्न आवश्यक राष्ट्र बैंकले ठानेको छ ।

यी विषयलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले समीक्षाको तयारी गरेको बुझिएको हो ।

कर्जाको पुनर्ताकीकरणको व्यवस्था थप गर्ने विषयमा नेपाल सरकारले नै केहि पहल गरेको छ । उद्योग तथा व्यवसायहरु केहि कमजोर भैरहेको अवस्थामा उनीहरुले भाका सारेमा सहज हुने बताइरहेका छन् । आएको मागलाई नै सम्बोधन हुने गरि मौद्रिक नीतिको थपघटको तयारी गरिएको बुझिएको छ ।