सम्पदा लघुवित्तले शेयरधनीलाई यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं, १२ फागुन । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
संस्थाको आइतबार (फागुन ११ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।