सोमबार १२ फागुन, २०८१

सुरु भयो जनतासँग माओवादी तराई-मधेस जागरण अभियान

सुरु भयो जनतासँग माओवादी तराई-मधेस जागरण अभियान

झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ।

झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अभियान उद्घाटन गरेका हुन् । 

झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ। अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका  सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छ्न्। केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन्।

गत पुस (२१-२३) मा सम्पन्न  केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो। यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने छ।