बिहेको खर्च जोगाएर विद्यालयमा अक्षयकोष स्थापना

काठमाडौं, १३ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म लाल गिरी र केन्द्रीय सदस्य ई. रचना सापकाटो विवाह बन्धनमा बाधिएका छन् ।
उनीहरुले गतफागुन ८ गते नेकपाएमाले केन्द्रीय कार्यालयमा पार्टि अध्यक्ष एबम प्रधानमन्त्री केपी ओली लाई प्रमुख अतिथि बनाउदै प्रगतिशिल विवाह गरेका हुन् ।
गिरीले विहेमा अनावश्य खर्च गरेर पछि आफैलाई ऋनको भारी बोक्नु भन्दा सामान्य खर्चमा बिहे गरेको र बिहेमा बचेको पैसा सामाजिक कामको लागि अक्षय कोषको स्थापना गरेको बताए ।
यसै बीच, गिरीले प्युठान नारिकोट स्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा रु १ लाख ११ हजार १ सय ११ रुपैयाका अक्षय कोषको स्थापना गरेका छन् । सो विद्यालय बाट गिरीले विद्यालय स्तरीय शिक्षा हासिल गरेका थिए ।
उक्त अखकोषबाट प्रत्यक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्र वृत्ति दिने बताए ।