बिहीबार २१ चैत, २०८१

१४ वर्षीया बालिका करणी आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

१४ वर्षीया बालिका करणी आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

काठमाडौं, १६ फागुन । गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ। पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय पर्शुराम पौडेल छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी १४ वर्षीया बालिकालाई करणी गरेको आरोप छ।

उनले ती नाबालिकालालाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनी राखेका थिए।

पौडेलले संस्थाबाट १५ मंसिर, २०७६ मा उनलाई आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएका थिए। जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।