नयाँ बानेश्वरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, डीएसपी पौडेल घाइते

काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएका हुन् ।
डीएसपी पौडेलको टाउको चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।