खेलकुदमन्त्रीलाई सांसद विष्टको प्रश्न : राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ कि हुँदैन

काठमाडौं, १८ फागुन । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले दशौं राष्ट्रिय खेलकुदबारे किन अलमल भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले आगाची चैत २३ गतेबाट दशौं राष्ट्रिय खेलकुद हुन्छ भनिएको स्मरण गरे ।
कर्णाली प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुदबारे अन्योलता रहेको भन्दै उनले यस्तो अन्योलताले कर्णालीबासी र खेलाडीहरूमाथि अन्याय भएको बताए ।
समयमै खेल नहुने र फेरि पनि जेठ २३ गते खेलकुद हुन्छ भन्ने अनिश्चित रहेको दोहोर्याउँदै उनले युवातथा खुलकुदमन्त्रीको प्रतिवद्धता स्मरण गरे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दुई वटा संसदीय समितिमो बैठकमा उपस्थित भएर चैत २३ गते नै खेलकुद हुने प्रतिवद्धता जनाएको बताए ।