संसदमा उठ्यो भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग
_96fgHElkSn_fdlanhljpotrxo3wpl3mjrkgbesc8dkhbumhjvwmncex2i59uyadrlqwxcb9_gKxa3v566W_atjqcrptocw58a39ifd8by9nqcacsmdzyqy6vdzoxca5t9dmrmsryk3gmigv.jpg)
काठमाडौं, १८ फागुन । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।
‘भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई एनआरएनलाई जस्तै निरन्तरता नदिने भन्ने खालको कुराकानी भइरहेको छ । सायद कानुन पनि त्यसअनुसार बनेको छ।’ उनले भने ।
तर, भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने उनको माग छ । ‘भूतपूर्व गोर्खा सैनिकहरू वंशजको नागरिकताको निरन्तरता चाहन्छन्, उनीहरू एनआरएनए जस्तै वंशजको नागरिकताको अन्त्य चाहँदैनन् । त्यसैले यो कुराको सम्बोधन गरियोस्,’ आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भने ।
भूतपूर्व गोर्खा सैनिकहरूको समान तलब, समान पेन्सन र सुविधा लगायतको मागमा धेरै सम्बोधन भएको तर नेपाली नागरिकताको निरन्तरताको माग सम्बोधन नभएको उनले बताए । यसतर्फ ध्यान दिन सरकारलाई उनको आग्रह छ ।