सोमबार १९ फागुन, २०८१

भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो

भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो

जनकपुरधाम, १८ फागुन । प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ ।

मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका हुन् ।

९ माघमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेको थियो । त्यसपछि लेखाका अधिकृत आठौंलाई वरिष्ठताको आधारमा रामसागर यादवलाई निमित्तको जिम्मेवारी मन्त्रालयले दिएको थियो।

मेयर साहका अनुसार ४ फागुनमा समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि निमित्तको जिम्मेवारी खोसेको थियो । तर हालसम्म उनी नआएको मेयर साहको गुनासो छ।

त्यसयता तीनदिन मन्त्रालय पुगेर गुनासो गरेको, मन्त्रीले भेट्न समय नदिएको उनले आकोश व्यक्त गरे ।

प्रशासकीय अधिकृत विहीन हुँदा नागरपालिकाको विकासे काम ठप्प भएको, टेन्डर आह्वान गर्न नसकेकाले बाध्य भएर तालाबन्द गरी साँचो प्रजिअलाई बुझाएको मेयर साहले बताए ।