गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या बढ्दै, एक महिनामै करिब ६८ सय यात्रु

काठमाडौं, १९ फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्मकै धेरै यात्रुले आवागमन गरेका छन्। भैरहवाको विमानसथलबाट फेब्रुअरी महिनामा ११५ उडानमार्फत ६ हजार ७७९ ले आवागमन गरेका हुन्।
भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईबाट २४०३, जजिराबाट ३२६५, थाई एयर एसियाबाट १०९७ , नेपाल एयरलाइन्सबाट १ र १३ जना चार्टर उडानमार्फत आवतजावत गरेका छन्।
उक्त उडानहरूमा २११ विदेशी यात्रु थिए। त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४०४० जना ट्रान्जिट यात्रु रहेको तिवारीले जानकारी दिए।
नोभेम्बर २०२४ बाट उडान भएयता फेब्रुअरी महिनाका यात्रु सबैभन्दा बढी हुन्। विमानस्थलका अनुसार जनवरी २०२५ मा १३६५ यात्रु र डिसेम्बर २०२४ मा ३८७८ तथा नोभेम्बरमा ४२७९ जना यात्रुले यहाँबाट आवागमन गरेका थिए।