जलहरीको आरोप लगाउनेले पशुपतिनाथसँग क्षमा पनि मागेनन्: प्रधानमन्त्री ओली
_YdIZGeOR2q_n2qjta6y7f8vqb0ia88aofjjcvihdhsifz8chera3lvaq4jdvj3mfrnp6usy_bb3m4UXfen_bzmnkzlqsczotwuvyzuec616bjpxm3ixryy6hqermzcqm7d8nzme6far1qpo.jpg)
काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जे पनि विरोधको लागि विरोध गर्ने प्रवृत्ति देखिएको भन्दै राम्रो काम गर्न नरोकिने बताएका छन् । आज (मंगलबार) ट्रेड युुनियन आन्दोलनको ७८औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिे कसैकसैको बानी परेको हुन्छ, जेमा पनि विरोध गर्नुपर्ने हुछ । जे गरेपनि विरोध, जसो गरेपनि विरोध । हामी भरे बेलुका खान्छौं भन्यो भने त्यसको पनि विरोध हुन्छ। निहुँ खोज्नको लागि अनेक उपाय निकाल्छन् । कसरी खान्छस, कहाँबाट ल्याउँछस भनेर निहुँ खोज्छन् । यो भनेको बानीको अल्गोरिदम । बानीको पनि बानी अनि विरोध हो । ग्रोयवल्स शैली, जो हजारौं पटक भनेपछि विश्वास गर्न थाल्छन् ।’
उनले माओवादी केन्द्रको सरकार हुँदा माओवादी केन्द्रकै एक जना सांसदले पशुपतिनाथको जलहरी काण्डको उफ्रिउफ्रि कराएको र ती सांसदका मतियारहरुले ताली बनाएको स्मरण गराउँदै पछि केही पनि नभएको कुरा छानबिनबाट पुष्टि हुँदापनि पशुपतिनाथसँग क्षमा नमागेको टिप्पणी गरे ।
उनले भने,‘तीनले पशुपतिसँग क्षमा पनि मागेनन् । लाजपनि लागेन । यस्ताखालका मान्छेपनि छन् नेपालमा । यीनलाई काम र देश बनाउनसँग मतलव छैन् । हामीलाई कामसँग मतलव छ । हामी अघि बढ्दै जान्छौं । को कता विरोध गर्दैछ, त्यो मतलवको विषय हुँदैन् । प्रकृतिको पनि आँफ्नै नियम हुन्छ, खोलो र हावा आफ्नै गतिमा हिँड्छन, हामी नचाहिने कुरा बोकेर हिँड्दैनौैं । चाहिने कुरा बोकेर हिँड्छौं ।’