बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ

सिरहा, २० फागुन । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन्।
विवाह गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक-पटक बलात्कार गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि प्रहरी कार्यालय लहानमा कार्यरत मुद्दा शाखाका प्रहरी जवान नवीन यादव पक्राउ परेका हुन्।
पीडित महिला इलाका प्रहरी कार्यालय लहानमा पटक-पटक जाहेरी दिन जाँदा पनि दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतीलाई भन्दा उनले सुनुवाइ नगरेको आरोप लगाएकी छन्।
यता, इलाका प्रहरी कार्यलय लहानका डिएसपी बिष्णु सोती भने आफूकहाँ कुनै पनि महिला जवानविरुद्ध जाहेरी लिएर नआएको दाबी गर्छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले मुद्दा दर्ता गरी जवान यादवलाई पक्राउ गरिएको जानकारी दिए।
हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।