सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं, २० फागुन । कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख देवराज घिमिरेले बोलाएको बैठक सिंहदरबारस्थित कानुन समिति को हलमा जारी रहेको उनको सचिवालयले जनाएको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।
प्रतिनिधि सभा बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले बैठक राखेका हुन् ।
बुधबारको बैठकमा सरकारले ५ वटा अध्यादेश पेस गर्ने तयारी छ । त्यसको कार्यसूची कार्यव्यवस्था परामर्श समितिले निर्धारण गर्ने छ ।