ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं, २० फागुन । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहित ५ बुँदे सहमति भएको हो ।
सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।