शुक्रबार २३ फागुन, २०८१

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त

काठमाडौं, २१ फागुन । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डाक्टर वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ ।

विश्वविद्यालय सिनेटको मङ्गलवार राति बसेको बैठकले उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय गरेको हो । तत्कालीन जसपा नेपाल नेतृत्वको सरकारले २०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डाक्टर महतोलाई नियुक्त गरेको थियो ।

सिनेटको बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलेको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ । अब यो विश्वविद्यालयले ३३ करोड बजेट चलाउन पाइने स्रोतले जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतलाई बाइपास गरी विश्वविद्यालय भवनको शिलान्यास गरेको भन्दै दुवै पार्टीबीच चरम विवाद छ । दुई पार्टीको लडाइँले विश्वविद्यालय लथालिङ्ग बनेको छ ।