बिहीबार २२ फागुन, २०८१

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने २ पत्रकारको संसद पास निलम्बन

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने २ पत्रकारको संसद पास निलम्बन

काठमाडौं, २१ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्ने २ पत्रकारको संसद पास निलम्बन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् परिसरभित्र गलत शब्द प्रयोग गरेर प्रश्न गरेको भन्दै संसद् सचिवालयले दुई पत्रकारको पास निलम्बन गरेको हो ।

संसद् पास निलम्बन गरिएका पत्रकारहरूमा किशोरकुमार श्रेष्ठ र प्रकाश वली छन् ।

संसद् सचिवालयले एक महिनाका लागि पत्रकारद्वय श्रेष्ठ र वलीको प्रवेश पास निलम्बन गरिएको जनाएको छ । संघीय संसद् सचिवालयले संसदीय रिपोर्टिङ गर्ने पत्रकारलाई पास उपलब्ध गराउँदै आएको छ ।

यी पत्रकारले केही दिनअघि संघीय संसद् परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाईं नेतृत्वको सरकार निरंकुश बनेको हो लगायत प्रश्न गरेको थियो ।