बालुवाटारमा आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक साँझ ६:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ। साथै, प्रशासन र स्वास्थ्य क्षेत्रका दुई रिक्त सचिव पदमा नियुक्तिको विषयमा पनि बैठकले निर्णय गर्ने सम्भावना छ।
हाल प्रशासन सेवा र स्वास्थ्य मन्त्रालयमा एक/एक सचिव पद रिक्त रहेका छन्। ती पदमा योग्य व्यक्तिहरूलाई नियुक्त गर्ने प्रक्रिया आजको मन्त्रिपरिषद् बैठकमार्फत टुंगो लाग्दैछ ।