मकवानपुरमा नवजात शिशुको शव डम्पिङसाइटमा फेला

मकवानपुर, २१ फागुन । मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ ।
मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार शिशुको शव फाल्नेको पहिचान हुन सकेको छैन ।