शुक्रबार २३ फागुन, २०८१

रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ

रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ

काठमाडौं, २१ फागुन । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका हुन् ।

मण्डललाई पक्राउ गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।